‘लकडाउन’मा कोही पनि नागरिक भोकै नपरुन भन्ने उद्देश्यका साथ नेकपा महानगरको बैठक सम्पन्न



०९ बैशाख २०७६, काठमाडौं

‘लकडाउन’मा कोही पनि नागरिक भोकै नपरुन भन्ने उद्देश्यका साथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महानगर वडाध्यक्षहरुको बैठक महानगर ईन्चार्ज जीवनराम श्रेष्ठ, अध्यक्ष निर्मल देउला, सचिव रबिन्द्र श्रेष्ठ लगायतको उपस्थितिमा पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा सम्पन्न भएको छ ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारद्वारा जारी लकडाउनको समयमा महानगर भित्रको कोही पनि नागरिक भोकै नपरुन भन्ने उद्देश्यका साथ बैठक बसी विभिन्न निर्णयहरु गरिएको छ ।

जसमा, काठमाडौं महानगरपालिका भित्रका वडाहरु मार्फत राहत वितरण कार्यलाई अझ व्यवस्थि गर्न ३२ वटै वडा भित्रका जनप्रतिनिधि, पार्टीका सम्पूर्ण कार्यकर्ता, नेता, समर्थक, शुभचिन्तकहरुलाई परिचालन गर्ने निर्णय गरिएको छ । त्यस्तै महानगरभित्र कोही पनि जनता भौकै रहनु पर्ने अवस्था आउन नदिन वडासँग समन्वय गरी समस्याको समाधान गर्ने निर्णय समेत गरिएको छ ।

पार्टीको निर्देशन दृढतापूर्वक लागू गर्ने निर्णय सहित महानगर अध्यक्ष देउलाद्वरा बैठक समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्