अध्यादेशबारे राप्रपा : ‘प्रजातन्त्र धरापमा पार्ने टड्कारो’



०९ वैशाख २०७७, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को खिचलोले मुलुक राजनीतिक अस्थिरताको दलदलमा फस्ने खतरा देखिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको भावनाविपरीत रहेको औंल्याएको छ ।

कोभिड १९ (कोरोना भाइरस)को महामारीविरुद्ध सिंगो देश एकजुट भएर लाग्नुपर्ने बेलामा राजनीतिक दलसम्बन्धीको अध्यादेशले दल विभाजनलाई प्रोत्सिहत गर्ने, राजनीतिक अस्थिरता बढ्ने र प्रजातन्त्रलाई धरापमा पार्ने टड्कारो सम्भावना देखिने पार्टीको ठहर छ ।

यस्तै प्रजातन्त्र धरापमा पार्ने टड्कारो सम्भावना देखिएको भन्दै राप्रपाले दुवै अध्यादेश फिर्ता लिन मागसमेत गरेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्