०९ वैशाख २०७७, काठमाडौं
सोमबार रातिदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले केही ठाउँमा हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।
प्रदेश नम्बर २, बागमती, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशमा मौसमी प्रणाली अलि धेरै सक्रिय रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको हो ।
स्थानीय वायु र पश्विमी वायुको प्रभाव रहेकाले अहिले मुलुकका अधिकांश स्थानमा सामान्य बदली रही मेघ गर्जन, चट्याङरहावाहुरीसहित वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ ।
|फाइल तस्वीर|





