नेकपा सचिवालय बैठक : अत्यादेशबारे प्रधानमन्त्रीको यस्तो तर्क



०८ वैशाख २०७७, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आकस्मिक बसेको केन्द्रीय सचिवालय बैठक सकिएको छ ।

अध्यादेश विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिका थाँती रहेको र यस विषयलाई ठूलो रुपमा नलिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरलाई आग्रह गरेको बैठकपश्चात् पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई जानकारी गराए ।

उनले बैठकमा सरकारलाई सफल बनाउने र कोभिड १९ (कोरोना भाइरस)विरुद्ध लड्न सिंगो राष्ट्र एकजुट भएर लड्न जरुरी रहेको आवश्यकतामा बैठकले जोड दिएको बताए ।

बैठकमा पार्टी एकतालाई मजबुत गर्ने कुरामा पनि छलफल भएको बताइएको छ । बैठकमा विभिन्न कोणबाट छलफल भएको भन्दै प्रवक्ता श्रेष्ठले अपुष्ठ कुरा गरेका थिए ।

|तस्वीरमा मन्त्रिपरिषद् बैठक। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्