राष्ट्रपतिले जारी गरिन्, दुई अध्यादेश



०८ वैशाख २०७७, काठमाडौं

राष्ट्रपति विद्या भण्डारीले दुई वटा अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अत्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोश्रो संशोधन) अत्यादेश, २०७७ जारी भएको हो ।

“आज मिती २०७७ साल वैशाख ८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरु जारी गर्नु भएको छ ।” राष्ट्रपति कार्यालयका सह प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्