आकस्मिक नेकपा सचिवालय बैठक शुरु



०८ वैशाख २०७७, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक शुरु भएको छ ।

मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेलगत्तै सोमबार (आज) सचिवालय बैठक बोलाइएको हो ।

मन्त्रिपरिषद् बैठको निर्णय बाहिरिएपछि नेताहरुले सचिवालय बैठक माग गरेपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भई सचिवालय बैठक बोलाइएको एक नेताले बताए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्