पूर्वमाओवादी खेमाका सबै मन्त्री प्रचण्ड निवासमा



०८ वैशाख २०७७, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादीका सबै मन्त्रीलाई आफ्नो निवास खुमलटार डाकेका छन् ।

पूर्वमाओवादी मन्त्री ऊर्जा मन्त्रालयमा जम्मा भएर खुमलटार पुगेका भनी सेतोपाटीले समाचार लेखेको छ । आज मात्रै मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल सदस्य भए पुग्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयमा पूर्व माओवादीका मन्त्री वर्षमान पुनले मात्र ‘उचित नहुने’ धारणा बैठकमा राखेका थिए । ‘सबै मन्त्रीहरूलाई प्रचण्डले निवासमा डाक्नुभएको छ ।’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषद्बाट राजीनामा दिने निर्णय हुन सक्छ ।’

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्