काठमाडौंलगायत बाहिरी जिल्लामा आपत्मा परेका गाउँपालिकावासीको उद्धार गर्दै थुलुङ दुधकोशी



०८ वैशाख २०७७, काठमाडौं

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौं उपत्यकालगायत विभिन्न बाहिरी जिल्लाहरुमा रहेका आफ्ना नागरिकको उद्धार गर्ने भएको छ ।

सोमबार (आज) बसेको गाउँ कार्यपालिकाको बैठकले काठमाडौं उपत्यकासँगै अन्य बाहिरी जिल्लाहरुमा रहेका र गाउँ पर्कन चाहने आफ्ना  नागरिकहरुको उद्धार गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

अध्यक्ष राईका अनुसार आजैबाट गाउँ फर्कन चाहनेहरुको विवरण संकलन थालिएको छ भने, भोलिदेखि नै उद्धारको कार्य शुरु हुने छ । प्रदेश र संघीय सरकारको समन्वयमा कोठाभाडामा बसेका विपन्न परिवारलाई उद्धार गर्ने निर्णय गरिएको अध्यक्ष राईले बताए ।

“उनीहरुको अवस्था हेरेर पालिकाले निर्माण गरेको क्वारेन्टाइन्मा राख्ने या सुरक्षित साथ होम क्वारेन्टाइनमा राख्ने त्यो भने वडाले निर्णय र अनुगमन गर्छ ।” अध्यक्ष राईले भने, ‘उनीहरुको उद्धारको खर्च सबै पालिकाले नै गर्छ ।’

साथै तोकिएको समयावधिमा सुरक्षित क्वारेन्टाइनमा नबस्नेलाई कारबाही गर्नेसमेत गाउँपालिकाले जनाएको छ । गाउँ फर्कन चहाने वा समस्यामा परेकाले वडा अध्यक्षलाई सम्पर्क गर्नसमेत आह्वान अध्यक्ष राईले गरेका छन् ।

प्रक्रिया अध्यवधिक यहाँबाट गर्नुस् ।

प्रतिक्रिया दिनुहोस्