भारतबाट फर्केका वडाध्यक्षको आरडीटी ‘पोजेटिभ’



०८ वैशाख २०७७, काठमाडौं

धनुषामा एक जना जनप्रतिनिधिको र्‍यापिड टेस्ट् (आरडीटी) पोजेटिभ देखिएको छ ।

भारतबाट फर्केका धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं. २ का वडाअध्यक्षको आरडीटी पोजेटिभ देखिएकोले उनको स्वाब लिई पीसीआर परीक्षणका लागि दिने तयारी गरिएको प्रादेशिक अस्पताल जनकपुरका निमित्त प्रमुख डा. जामुन सिंहले बताए ।

नेपालमा कोरोना भाइरसका कारण लकडाउन लागू भईसकेपछि उनी भारत बिहारको मधुवनीमा १ महिना बसी आफ्नो गाउँ फर्केका थिए ।

भारतबाट फर्केका उनलाई स्थानीयहरुको दबाबपछि गत चैत २४ गते वडा नं. ४ स्थित विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्