बाहिरी जिल्लाहरुमा ‘लकडाउन्’को चपेटामा परेका आफ्ना नागरिकको उद्धार गर्दै सोताङ गाउँपालिका



०८ वैशाख २०७७, काठमाडौं

सोलुखुम्बुको सोताङ गाउँपालिकाले संघीय सरकारद्वारा निर्देशित बन्दाबन्दी ‘लकडाउन्’का कारण काठमाडौं उपत्यकालगायत विभिन्न बाहिरी जिल्लाहरुमा आपत्मा परेका आफ्ना नागरिकहरुको उद्धार गर्ने भएको छ ।

गाउँपालिकाले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई मध्यनजर गर्दै घोषित बन्दाबन्दी ‘लकडाउन्’ का कारण काठमाडौं उपत्यकालगायत विभिन्न बाहिरी जिल्लाहरुमा आपत्मा परेका आफ्नो नागरिकहरुको उद्धार गर्ने भएको हो ।

गाउँपालिकाकी प्रवक्ता मनसरी राईले आफ्नो आधिकारिक फेसबूक ह्याण्डलमार्फत् उक्त कुराको जानकारी दिँदै लेखेकी छिन्, “काठमाडौं उपत्यका तथा अन्य शहरी क्षेत्रमा रहेका विद्यार्थी, आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनीहरु ‘लकडाउन्’को कारणले विपत्मा परेर बसिरहनु भएको छ भने उद्धारको लागि सोताङ्ग गाउँपालिका तयार रहेको जानकारी गराउन चाहन्छ । विपत्मा परेका व्यक्तिहरुले तल दिएको नम्बर र व्यक्तिहरुसँग सिधै सम्पर्क गर्न सक्नुहुने छ ।”

प्रवक्ता राईले गाउँपालिकाका वडाध्यक्षहरुको सम्पर्क नम्बरमा पीडितहरुले सिधै सम्पर्क गर्न सक्ने जानकारी गराएका छन् ।

थप जानकारी यहाँबाट लिनुस्ः

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्