सोलुखुम्बुमा ३२ जनामा आरडीटी, सबै रिपोर्ट ‘नेगेटिभ’



०६ वैशाख २०७७, काठमाडौं

सोलुखुम्बुमा ३२ जनामा गरिएको कोरोनाको र्‍यापिड टेस्ट् (आरडीटी)को नतिजा ‘नेगेटिभ’ देखिएको छ ।

शुक्रबार (हिजो)सम्ममा जिल्लाका विभिन्न स्थानीय तहका गरिएको टेस्ट्को नतिजा ‘नेगेटिभ’ आएको हो । शुक्रबार सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकामा ३/३ जनाको तथा माप्य दुधकोशी गाउँपालिकामा १ जनाको आरडीटी गरिएको थियो ।

यस्तै बुधबार ७ जनाको परीक्षण गरिएको जिल्लामा बिहीबार १८ जनाको गरिएको थियो । हालसम्म परिक्षण गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्