बाहिरी जिल्लाबाट घरसम्म आउन इच्छुकले नाम र नम्बर टिपाउनुस् : हलेसी तुवाचुङ नगरपालिका



०६ वैशाख २०७७, काठमाडौं

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरवासीलाई घरसम्म पुर्‍याउने भएको छ ।

नगरपालिकाले गत बिहीबार विज्ञप्ति निकाल्दै घसम्म पुगी सुरक्षित ‘होम क्वारेन्टाइन’मा बस्न चाहनेलाई घरसम्म पुर्‍याउन सकिने जनाएको हो ।

विज्ञप्तिमा नगरवासीलाई घरसम्म लानको लागि संघीय सरकारसँग आवश्यक पहलकमदी भइरहेको जनाइएको छ ।

“तपाईँहरु आ–आफ्नो घरमा सुरक्षित होम क्वारेन्टाइनमा बस्न चाहनेहरुलाई घरसम्म ल्याउन संघीय सरकारसँग आवश्यक पहल भइरहेको हुनाले इच्छुक नगरवासीहरले नाम र सम्पर्क नम्बर टिपाइदिनु अनुरो छ ।” नगर प्रमुख इवन राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

यसैबीच नगरपालिकाले बन्दाबन्दी (लकडाउन्)ले नगरवासीमा परेको असुविधाप्रति क्षमा पनि मागेको छ ।

|तस्वीरमा नगरप्रमुख इवन राई। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्