
०६ वैशाख २०७७, काठमाडौं
रौतहटमा शुक्रबार (हिजो) राति आएको भीषण हावाहुरीले सशस्त्र प्रहरी बस्ने घर भत्किँदा चार प्रहरी घाइते भएका छन् ।
भारतीय सीमानासंगै जोडिएको बोर्डर आउट पोस्ट् पोष्ट बंकुलस्थित सशस्त्र बस्ने घर भत्किँदा एकजना हवलदार सहीत ४ जना प्रहरी घाइते भएका हुन् ।
असिना र पानी परिरहेको बेला प्रहरीहरु आफ्नै कोठामा बसिरहेका थिए । एक्कासि आएको हुरीले घर भत्काँउदा सशस्त्र प्रहरी हवलदार जंगबहादुर दराई, प्रहरी जवानहरु धिरेन्द्र साह कलवार, बिरेन्द्र साह कानु र प्रथलाल श्रेष्ठलाई चोटपटक लागेर घाइते भएको बिओपीका ईन्चार्ज प्रहरी निरिक्षक दिपनरसिंह राईले बताएका छन् ।
घाइतेहरुको बंकुलस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य हुँदैगएको निरिक्षक राईले जानकारी दिए । बंकुलस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट्को कार्यालय स्थापना देखि नै खपडा र कर्कटको छाना रहेको कच्ची घरमा बस्दै आएका छन् ।
|तस्वीरमा हुरीले भत्काएको पोस्ट्। श्रोतः|





