चीनका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त



०५ बैशाख २०७७, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई आज जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव घिमिरेले आज विज्ञप्तिमार्फत सो जानकारी दिनुभएको हो । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई सरकारले पूर्वमन्त्री पाण्डेलाई सो पदमा नियुक्तिका लागि सिफारिश गरेकामा उहाँले संसदीय सुनुवाइ पूरा गरिसक्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्