
०५ बैशाख २०७७, काठमाडौं
काठमाडौं महानगरपालिका वडा नम्बर ६र ७ स्थित कुमारीगाल च्याल्दुङ गल्लीका बिभिन्न घर तथा टहरामा महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको प्रहरी टोलिले बौद्ध प्रहरीको सहयोगमा छापा मार्दा घरेलु तयारी मदिरा अन्दाजी १००० लिटर र घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ अन्दाजी २३२० लिटर करिब ३ हजार ३ सय लिटर घरेलु मदिरा नस्ट गरेको
छ ।

महानगरीय प्रहरी बृत्त गौशालाडिएस्पी प्रदिप कुमार सिंहको नेतृत्वमा गएको टोलीले करिब ७ लाख बराबरको मदिरा नस्ट गरेको हो । लस्करै रहेका करिव७ वटा घरमा छापा मार्दै प्रहरीले ठूलो मात्रामा अखाद्य बस्तु मिसाएर बनाएको घरेलु मदिरा फेला परेको हो । प्रहरीले मदिरा बनाउन प्रयोग भएका भाँडाकुँडा समेत नियन्त्रणमा लिएको छ ।

अबैधरुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण बन्द गर्ने केहि दिन अघिदेखि स्थानीयवासीहरुले अभियानकै रुपमा अघि बढाएको रहेको बेला महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको प्रहरी टोलिले बौद्ध प्रहरीको सहयोगमा उक्त स्थानमा छापा मार्दा उक्त घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ महानगरीय प्रहरी बृत्त गौशालाडिएस्पी प्रदिप कुमार सिंहले बताए ।






