काठमाडौं–४ मा घिनलाग्दो राजनीति : आफ्नै सदस्य बदनाम गराउन नेकपा जिल्ला नेता नै सक्रिय



०४ बैशाख २०७६, काठमाडौं

कोरोना भाईरसको कारण देशभर लकडाउन भएसँगै संघीय सरकारको निर्देशनमा दैनिक ज्यालादारी गरी खाने श्रमिकहरुलाई केन्द्रित गर्दै देशभरीका स्थानीय पालिकाहरुले राहत वितरण गर्न थाले । यहि मेसोमा बूढानीलकण्ठ नगरपालिकाले समेत विभिन्न वडामा राहत वितरण गर्न थाल्यो ।

बूढानीलकण्ठ नगरपालिकाले वडा नं. ९ मा राहत वितरण गर्न निर्णय गर्‍यो तर उपभोग्य सामग्री खरिद गर्न रकम निकाशा गरेन । राहत वितरणको लागि वडाध्यक्ष राजेन्द्र प्रसाद सापकोटा र स्थानीय व्यवसायी मिलन कार्की बीच २०७६ चैत्र २५ गते ८ बुँदे सम्झौता गरियो । जसमा खाद्यान्न सामग्री वडाबाट जारी भएको कुपनको आधारमा व्यवसायीले कुपनवालालाई दिनुपर्ने उल्लेख गरिएको छ ।

सम्झौतापछि माग बमोजिमको सामग्री उपलब्ध गराउन सक्ने क्षमता स्थानीय व्यापारीको थिएन । तत्काल सामान झार्न जनप्रतिनिधि वा पार्टी सदस्यले नगद वा चेक उपलब्ध गराउनुपर्ने भयो । त्यसमा वडाध्यक्ष राजेन्द्रप्रसाद सापकोटा, नेकपा बूढानीलकण्ठ ९ का अध्यक्ष गोविन्द कटुवाल, सचिव घमराज सुवेदी र वडा सदस्य पर्शुराम कार्की लगायतले वडा कार्यालयबाटपछि भुक्तानी पाउने गरी स्थानीय ब्यवसायीलाई सकेको नगद र चेक उपलब्ध गराए ।

त्योबेला पैसा उठाउने क्रममा वडा सदस्य पर्शुराम कार्कीले सबैभन्दा बढी १ लाख ५० हजारको चेक उपलब्ध गराएर वितरण गर्ने सामग्री किन्न स्थानीय व्यापारीलाई दिए । वडामा दिनभरी राहत वितरण गर्ने काम पारदर्शी ढंगले भयो । नेकपाका जनप्रतिनिधि र कार्यकर्ताहरुले अप्ठ्यारोमा परेका जनतालाई सहयोग गर्न दिल खोलेर योगदान पुर्‍याए ।

राहत प्राप्त गर्ने सूचीमा रहेका केहि ब्यक्तिहरु राहत पाउनुपर्ने अवस्थामा नभएपछि वितरण गर्न भनेर लगिएको सामग्री बाँकी रह्यो । वितरण स्थलबाटै वडा कार्यालयमा लगी भण्डारण गर्ने भनी बाँकी रहेका राहत सामग्री र धेर भएको सामग्री गाडीमा हाली वडा कार्यालय लगियो । बढी भएका मध्ये ६ बोरा चामल ड्राईभरले त्यही गाडीमा लगेका थिए । लगिएका ६ बोरा चामल मध्ये १ बोरा दिनभरी खटेका १ स्वयम्सेवकलाई वितरण गरियो ।

सदस्य कार्कीका अनुसार उनले लागेको ५ बोरा चामल वडाभित्र छुटेका अपाङ्गता भएका र अशक्तहरुलाई वितरण गर्न लगेको बताए । तर कार्कीले सो कुरा शुरुमा स्वीकार गरेनन् । पार्टी सदस्य र सामाजिक दबाब थेग्न नसकेपछि भेला भएका पार्टीका प्रतिनिधिहरुको अगाडि उनले आफूले लगेपनि बाड्न लगेको तर सो कुरा पार्टी अध्यक्ष वा वडाध्यक्षलाई जानकारी नगराएको स्वीकारे ।

श्रोतका अनुसार उनले लगेको चामल वडाको वा वडाले बाड्न भनी छुट्याएको होइन । त्यो बढी भएको चामलको स्वामित्व बिक्रेताको नै हुने वडा कार्यालयसँग गरिएको सम्झौतामा प्रष्ट देखिन्छ । एउटा जनप्रतिनिधिले राहत वितरणको लागि १ लाख ५० हजार पैसा लगानी गरेको छ । उनले लगेको भनिएको चामलको पैसा वडा कार्यालय वा नगरपालिकाले तिर्ने पनि होइन । किनभने रुजु गरी बाँडिएका भन्दा अरु सामग्रीको मूल्य वडा कार्यालयले तिर्नु नपर्ने सझौता मै प्रष्ट खुलेको देखिन्छ ।

कहाँ चुके पर्शुरामकार्की
बहुदलीय प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेका जनप्रतिनिधिले भर्खरै गरेको मुटुको उपचार र प्रयोग गरिरहेका औषधी वा अन्य कुनै कारणले पनि भीडको अगाडि नगरेको गल्ति स्वीकार गरे ।  त्यो बेला उनले लगेको भनिएको चामल आफूले दिएको पैसाबाट काट्नु भन्न सक्ने अवस्थामा समेत उनी भएनन् । न त प्रष्ट रुपमा सबैका अगाडि आफूले  ५ बोरा चामल फलानो–फलानोलाई दिन लगेको भनी भन्न सके । गाडीमा फकाईएको भनिएको चामल वडाले वितरण गर्ने भन्दा बढी भएको हो समेत भन्न सकेनन् । सामान्य विवादपछि चामल पसलमै फर्कियो । उनले कसैलाई वितरण गर्न पनि पाएनन् । विवादपछि चामलको खोजीमा संलग्न स्थानीयले सो चामल उनी आफैंले प्रयोग गर्ने रहेेेछ्न की भनी अनुसन्धान गर्दा वडा सदस्य कार्कीले दैनिक खान प्रयोग गरिरहेको चामल राहतमा वितरण गरिएको भन्दा झन्डै दुईगुणा गुणस्तर र महँगो पाएका थिए ।

सामान्य विवादलाई पहाड बनाएका पार्टी भित्रकै केही सदस्यहरु उनलाई  सामाजिक रुपमा वदनाम गराउन लागिरहे । प्रायोजित पत्रपत्रिकाले उनलाई निकै ठूलो अपराधी जसरी लेख्न थाले । स्थानीय विपक्षीलाई निउ मात्र चाहिएको थियो । उनको सामान्य मानवीय कमजोरीलाई अपराध जस्तो गरी आफ्नै र विपक्षी पार्टीका सदस्यहरुले घेरा हालेपछि नगरेको गल्तिको सार्वजनिक रुपमै उनले माफी मागे । आजसम्म न त पत्रिकामा छापिएका समाचार प्रति उनको कुनै खण्डन छ न त उनको पक्षमा बोल्ने स्थानीयहरू नै छन् ।

आफ्नैलाई सक्न प्रस्तावित जिल्ला सदस्यको नेतृत्वमा बैठक नै बैठक

कोरोना भाईरसले आक्रान्त भएको क्षेत्रवासीलाई राहत उपलब्ध गराउन वा स्थानीय विकास निर्माणमा २ वर्षदेखि खासै चासो नराख्ने नेकपाका प्रस्तावित काठमाडौं जिल्ला कमिटीका सदस्य तथा ४ (ख) का प्रदेश सभा सदस्य कुसुम कार्की अहिले आफैंले भोट हालेर जिताएका वडा सदस्य पर्शुराम कार्कीलाई सिध्याउन हात धोएर लागेको बुझिएको छ ।

जिल्ला कमिटीको सदस्यमा परेका तर सपथ समेत नखाएका कार्कीले अर्का जिल्ला सदस्य लगायत केहि स्थानीय नेताहरुलाई प्रयोग गरी घटना लगत्तै कपनको एउटा नीजि घरमा बसी चुनावी बेलादेखिको रिस साध्न गुटगत राजनीतिको प्रपन्च रचेको एक पार्टी सदस्यले बताए । त्यी सदस्यका अनुसार सांसद कार्की नगरपालिकाले आयोजना गरेको बैठकमा होस् वा पार्टीका विभिन्न अनौपचारिक भेलाहरु आयोजना गरी सकिएको मुद्दालाई उचालेर वडासदस्य कार्कीलाई सकेसम्म राजनीतिबाटै पलाएन गर्न वा सामाजिक रुपमा बहिष्कृत गर्न लागिपरिरहेका छन् ।

आफ्नो निर्देशनमा मात्र काम गर्ने बूनपा ९ का वडाध्यक्ष सापकोटालाई निर्देशन दिएर माफी मगाएर लगेको भनिएको सामग्री समेत फिर्ता गरेका वडा सदस्यलाई वडा कार्यालयबाट स्पष्टिकरण सोध्न र २४ घण्टे सावजनिक सूचना प्रकाशित गराउन सांसद कार्की सफल भए ।

घटना छानबीन गर्न नेकपा बूढानीलकण्ठ नगर कमिटीका सचिव प्रदीप डंगोलको नेतृत्वमा गठन गरिएको ३ सदस्यीय छानविन समिति र नगरपालिकाले समेत सहि छानविन नगर्ने भन्दै हदैसम्मको कारवाही गराउन सांसद कुसुम कार्कीले दैनिक रुपमा अनौपचारिक बैठक जारी राखेको एक नगर कमिटी सदस्यले बताएका छन् ।

हिजोमात्र सांसद कार्कीले कपन स्थित बालउद्धार स्कूलमा कपन क्षेत्रमा उपलब्ध जिल्ला कमिटीका सदस्यहरुलाई अनौपचारिक भेला गरी स्थानीय पार्टीले अपराधीलाई संरक्षण गर्न खोजेकोले उक्त निर्णय मान्य नहुने बताएको बैठकमा सहभागी एक जिल्ला नेताले परिवर्तन खबरलाई बताए ।

हिजो कपनमा जिल्ला कमिटी सदस्यसँग बैठक गरी फर्किएका सांसद कार्कीले वडा नम्बर ९ का नेकपा अध्यक्ष, सचिव लगायत अन्यलाई खबर नै नगरी सरकारले जारी गरेको लकडाउनको उलंघन गर्दै २६ जना स्थानीय पार्टी कार्यकर्ताको भेला गराई छानबीन समितिले गलत प्रतिवेदन ल्याउन लागेको भन्दै त्यसोभए यो क्षेत्रमा प्रतिनिधित्व गर्ने जिल्ला कमिटिका सदस्यहरुलाई मान्य नहुने भन्दै वडाका अगुवा कार्यकर्ताहरुलाई खबरदारी गर्न निर्देशन दिएको बैठकमा सहभागी एक सदस्यले बताएका छन् ।

यस विषयमा नेकपा बूढानीलकण्ठले सचिव प्रदिप डंगोलको नेतृत्वमा ३ सदस्यीय समिति बनाउँदा र गल्ति भएको भए कारवाही गर्ने निकाय हुँदाहुँदै पार्टी सदस्यको हुर्मुत लिने प्रस्तावित जिल्ला सदस्य सांसद कार्कीको गतिविधि लाजमर्दाे भएको नेकपाका एक स्थानीय नेताले बताएका छन् ।

पार्टी एकताको काम सम्पन्न भई नसकेको अवस्थामा, आफ्नो जीवनको बाजी थापेर जनसेवामा खटेका सदस्यलाई बदनाम गर्न एउटै पार्टीबाट निर्वाचित प्रदेश सांसद कार्कीको गतिविधिले नेकपाको भावी राजनीति र पार्टी भित्रको चरम गुठबन्दीलाई उदाङ्गो पारेको छ । पार्टी कमिटीहरु कमिटीगत प्रणालीमा संचालन नहुने र व्यक्तिगत अराजकतामा पार्टी नेतृत्व मौन रहने हो भने काठमाडौं ४ को राजनीतिमा फेरीपनि नेकपाका उम्मेद्वारले पराजय भोग्नुपर्ने टड्कारो देखिन्छ ।

यो पनि पढ्नुहोस् : 

बूनपा ९ मा राहतको नाममा घिनलाग्दो राजनीति

प्रतिक्रिया दिनुहोस्