कोठाबाट आलोचना गर्नुभन्दा नेता जनार्दन शर्माबाट सिकौं



०४ बैशाख २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माको नेतृत्वमा पश्चिम रुकुमका स्थानीय तहहरुमा कोरोना संक्रमितलाई उपचार गर्न धमाधम विशेष अस्पताल निर्माण भईरहेको छ ।

करिब १०/१० दिनमा सक्ने लक्ष्य सहित जिल्लाका ३ स्थानीय तहमा कोरोना विशेष अस्पतालहरु निर्माण भइरहेका हुन् । जहाँ नेकपा स्थायी कमिटी सदस्य शर्मा समेतले श्रमदान गरिरहेका छन् ।

श्रम सहकारीद्वारा निर्माण भइरहेका एट्याच बाथरुम सहितका कोठा र प्राइभेट रुम सहित १२ बेडको अस्पताल निर्माणका लागि स्वास्थ्य उपकरण बाहेक मात्रै ६९ लाख ४५ हजार रुपैयाँ लागत लाग्ने अनुमान नगरपालिकाले गरेको छ ।

सांसद शर्मा सहित नगरपालिकाभित्र सबै जनताले जनश्रमदान गरेको अस्पताल निर्माणका लागि नगरपालिकाले सहयोग पनि जुटाइरहेको छ ।

निर्माण कार्यमा सहभागीता जनाउन रुकुम पुगेका नेता शर्माले स्वास्थ्य सामग्रीका लागि आफूले उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । उनले भने, ‘जनता नै शक्तिका श्रोत हुन्, सबै कुरा जनताबाट सिकौं ।’

नेता शर्माले भने, ‘अहिलेको सरकारले नाफामा होइन जनताप्रति उत्तरदायी भएर जनताको जीवनलाई महत्व दिने नीति लिएकोले मात्र यो महामारीको सामना गर्न सकिरहेका छौं ।’

यो पनि पढ्नुहोस् : 

लकडाउनमा विपन्न र मजदुरका भरोसा बन्दै नेकपा केन्द्रिय सदस्य राजन दाहाल

प्रतिक्रिया दिनुहोस्