अमेरिकाले कोरोनाका कारण सिर्जित संकटको चरम सीमा पार गरिसकेको ट्रम्पको दाबी



०४ बैशाख २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको सबैभन्दा खतरनाक स्थिती बितिसकेको दाबी गर्दै ट्रम्पले जारी लकडाउन पनि केही दिनमै खुला हुने जानकारी दिएका छन् ।

ह्वाइट हाउसमा दैनिक रुपमा आयोजित पत्रकार सम्मेलनका बेला ट्रम्पले प्रतिबन्ध हटाउनका लागि तोकिएको नियमको घोषणा राज्यका गर्भनरसँगको कुराकानीपश्चात् बिहिबार सार्वजनिक गरिने बताएका छन् ।

केही राज्यहरुमा आगामी मे १ तारिखमै लकडाउन खुल्ला हुने तयारी भए पनि अब त्यसअघि नै लकडाउन खुला हुने उनले जनाएका छन् ।  कोरोना भाइरसको महामारीले सबै भन्दाबढी प्रभावित बनेको अमेरिकामा बुधबारसम्म २८ हजार ५२९ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्