‘लकडाउन्’का निर्माणाधिन पुल अलपत्र



०३ वैशाख २०७७, काठमाडौं

मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने बागलुङको ढोरपाटन नगरपालिका २ मा पर्ने निर्माणधिन सेराघाट मोटरेवल पुल लकडाउनका कारण अलपत्र परेको छ ।

जेठ मसान्तसम्म निर्माण सक्ने लक्ष्यका साथ धमाधम निर्माण सुरु भएको उक्त पुल लकडाउनका कारण काम रोकिएपछि निर्माण कार्य अलपत्र बनेको हो ।

बैशाख मसान्तसम्म ढलान सक्ने र जेठ मसान्तसम्म सटिङ खोल्ने निर्माण कम्पनीको तयारी रहेपनि करिब एक महिना काम गर्न नपाउँदा पुलमा लगाइएको सटिङ बाढीले बगाउने र पुल ढलानको काम समेत प्रभावित हुने अवस्था रहेको निर्माण कम्पनी डिवा निर्माण सेवाका साइड इन्चार्ज सुरेश बजगाँईले बताए ।

२०७४ साल माघ महिनादेखि ढोरपाटन १ को बुर्तिबाङ लक्ष्मीकुण्ड घाट पुल र २ को मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्ने सेराघाट पुलको एकैपटक निर्माण सुरु गरेको डिवा कम्पनीले लक्ष्मीकुण्ड पुल निर्माण सम्पन्न भएसँगै गत पौष महिनादेखि सवारीका साधन चल्न सुरु गरेका छन् ।

यस आर्थिक वर्षमा निर्माण सक्ने लक्ष्य सहित काम भइरहेको उक्त पुलको ढलानको निम्ती अन्तिम चरणको काम भइरहेको अवस्थामा कोरोनाले पारेको प्रभाव पारेपछि पुल बाढीको जोखिममा पर्ने देखिएको बजगाँइको भनाइ छ।

४० मिटर लामो उक्त पुलको दुबै भागमा पिलर निर्माण, साईडमा ग्यावि पर्खाल निर्माण सम्पन्न भई ढलानको काम बाँकि रहेको छ। अब बैशाख १५ अगाडी निर्माणको काम सुरु नभएमा पुल यसवर्ष नबन्ने निश्चित जस्तै भएको स्थानीयको बताउँछन्।

पुल निर्माण गर्दैगर्दा साईडबाट नदी कटान गरिएको छ ।

|तस्वीरमा निर्माणाधिन पुल। सौजन्यः रेडियो एनआरएन|

प्रतिक्रिया दिनुहोस्