बूनपा ९ मा राहतको नाममा घिनलाग्दो राजनीति



०३ बैशाख २०७७, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजेन्द्र प्रसाद सापकोटाले वडासदस्य पर्शुराम कार्कीलाई राहत वितरणमा अनियमितता गरेको भनी २४ घण्टे सार्वजनिक सूचना जारी गर्दै घिनलाग्दो राजनीति थालेका छन् ।

२०७६ साल चैत २७ गते वडा नं ९ का विभिन्न स्थानहरुमा राहत वितरण गर्ने क्रममा बिजी ड्राइभिङ स्कूलमा राहत वितरण गरेर बाँकी रहेको ६ पोका राहत सामग्री ड्राइभरले गाडीमा फर्काउँदै गर्दा वडा सदस्य पर्शुराम कार्कीले व्यक्तिगत प्रयोगको लागि लगेको भन्दै वडाध्यक्ष सहित वडा स्तरीय नेकपाका अगुवाहरुले  झुटो लाञ्छना लगाएका थिए । आफ्नै वडा समितिका सदस्य कार्कीलाई वडाध्यक्ष सापकोटोले अपराधी जस्तो गरी २४ घण्टे स्पष्टीकरण माग गरी सार्वजनिक सूचना समेत जारी गरेका थिए ।

बूढानीलकण्ठ नगर न्यायपालिका सदस्य समेत रहेको कार्कीले राहत वितरण गर्न आफ्नो तर्फबाट डेढ लाख सापटी सहयोग गरेका थिए तर उनैलाई वडाका अगुवा नेताहरुकको ईशारामा दोषी देखाई सार्वजनिक बेइजत गर्नुले वडाध्यक्ष सापकोटाको नियतमाथि प्रश्न उब्जिएको छ ।

वडासदस्य कार्कीले लगेको भनिएको ६ पोका राहत सामग्री उनले त्यही दिन किनिएको पसलमा नै फिर्ता गरेको जानकारी पसलेले गराएका छन् । तरपनि सामान्य विवादलाई पहाड बनाई वडाध्यक्ष सापकोटाले वडा सदस्य कार्कीको चरित्र हत्या गरेपछि नेकपा बूढानीलकण्ठले सचिव प्रदीप डंगोलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिती समेत गठन गरेको छ ।

छानबिन जारी रहेकोले अहिले नै केही भन्न नमिल्ने बताउँदै छिट्टै सत्यतथ्य सार्वजनिक गर्ने सचिव डंगोलले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्