राजाराम बस्नेत जसलाई आफ्नो भन्दा सडकका छाडा कुकुरको चिन्ता छ !



०३ बैशाख २०७७, काठमाडौं

राजाराम बस्नेत बाल अधिकारको क्षेत्रमा सुपरिचित नाम हो । सानैदेखि अर्काको घरमा श्रमिक जीवन विताएर स्कूले शिक्षा पुरा गरेका गरेका बस्नेतले छोटो जीवनमा बाल अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

बाल अधिकारकारकर्मी राजाराम बस्नेतको कोरोना लकडाउन पछिको दैनिक भने फेरिएको छ । परिवर्तन खबरसँगको कुराकानीमा बस्नेतले भने,“मान्छेहरु र घरमा पालिएका कुकुर लगायतका घरपालुवा जनावरको हेरचाह घर मालिकले गर्छन तर सडक चाहारेर होटलबाट फालिएको खानेकुरा खाएर बाँच्ने कुकुरहरुको पीडा बारे फेसबुकमा अरुले खाना ख्वाएको देखेपछि मलाई पनि सडक कुकुरको बारेमा खाना बनाएर ख्वाउने ईच्छा जाग्यो त्यसैले हामी साथीहरु मिलेर घरमा खाना र मासु पकाएर लाजिम्पाट र बालुवाटारको भित्रि भागका सडक कुकुरहरुलाई बाँडिरहेका छौँ ।”

राजारामको भावनामा अहिले कुशल अधिकारी, मनिक लामा, अभिषेक खड्का, सीता अधिकारी र लालबहादुर लामाले स्वयम्सेवी भूमिका निर्वाह गरिरहेका छन् । भाडाको कोठामा बस्ने उनीहरु आफ्नै कोठाबाट भात र मासु पकाएर आफ्नै स्कुटर र मोटरसाईकलको प्रयोग गरी गल्लीगल्ली पुगेर सडकका कुकुरहरुलाई मासु र खाना खुवाईरहेका छन् ।

उनलाई नजिकबाट चिन्ने ध्रुवप्रसाद घिमिरेले ३० केजीको एक बोरा चामल र रेखा दुलालले रु. १,०००, शारदा सिवाकोटीले रु.५००, हरिकुमार सिलवाल रु. ३,०००  र सीता अधिकारीले रु. ५०० दिएका छन् भने उनको अभियानलाई अझै धेरै सहयोगीहरुले सहयोग गर्नुपर्ने देखिन्छ । सहयोग गर्न चाहनुहुनेहरुले अभियन्ता राजाराम बस्नेतको मोबाईल नम्बर ९८४०–८९९०५७ मा डाईरेक्ट सम्पर्क गर्न सक्नुहुनेछ ।

   

प्रतिक्रिया दिनुहोस्