विश्व स्वास्थ्य संगठनलाई दिइँदै आएको सहयोग रोक्न हुन्न : राष्ट्र संघ



०३ वैशाख २०७७, काठमाडौं

संयुक्त राष्ट्रसंघले विश्वमा मानव स्वास्थ्यको निगरानी गर्ने निकाय विश्व स्वास्थ्य संगठनलाई दिइँदै आएको आर्थिक सहायता कम गर्ने वा रोक्ने समय नरहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग रोक्ने बताएलगत्तै राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले वक्तव्य जारी गरेर कुनै पनि अवस्थामा अहिले सहयोग रोक्न नहुने बताएका हुन् ।

“यो समय सहयोग रोक्ने वा कम गर्ने होइन । यो बेला त एकताको खाँचो छ । एकीकृत प्रयासको आवश्यकता छ ।” उनको वक्तव्यमा उल्लेख गरिएको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीविरुद्धको युद्धका लागि विश्वव्यापी प्रयासको खाँचो रहेको महासचिव गुट्रेसले बताएका छन् । कोभिड–१९ को संक्रमण अन्त्यका लागि विश्वभरका सरकार तथा निकायहरुको सहकार्यको आवश्यकता रहेकोमा उनले जोड दिएका छन् ।

मानव समुदायले सामान गरेको अति खतरनाक चुनौतीका बेला विवादको कुनै कुन्जायस नहुने महासचिवले बताए । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा मंगलबार भएको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले गर्दै आएको आर्थिक सहायता रोक्नका लागि आफूले निर्देशन दिइसकेको बताएका थिए ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि विश्व स्वास्थ्य संगठनले गरेको काम निकै कमजोर रहेको तथा आफ्नो देशभन्दा बढी चीनलगायतका अन्य देशलाई बढी आफ्नो निगरानीमा राख्न खोजेको ट्रम्पको आरोप थियो । एजेन्सीको सहयोगमा –

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्