चिङ्गाड गाउँपालिका नेकपा वडा नम्बर २ कमिटीले एकघर एक साबुन



०२ बैशाख २०७७, काठमाडौं /खगेन्द्र हमाल

कोरोना भाईरस कोभिड १९ ले विश्व समुदाय त्रासित भैइरहेको यस भयावह परिस्थितिमा चिङ्गाड गाउँपालिका नेकपा २ नम्बर वडा कमिटीले दुई नम्बर बासीहरुलाई एकघर एक साबुन वितरण गरेको छ।विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसले मानव जातिलाइ नै चुनौती दिईरहेको बेलामा जनतालाई सावधानी सतर्कता अपनाउन र यसको रोकथाम, नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बारेमा वडाबासिलाई जनचेतना फैलाउने हेतुले आफ्नो पार्टीको तर्फबाट सक्दो सहयोग गरेको जिल्ला कमिटी सदस्य राम बहादुर खड्काले जानकारी दिनुभयो।

कोरोना भाईरस सम्बन्धी जनचेतना फैलाउन घरघरमा पर्चा बितरण गरि वडा बासिहरुलाई दैनिक सरसफाइमा ध्यान दिने,समाजिक दुरि कायम गर्ने,अति आवश्यक काम बाहेक घरबहिर हिड्डुल नगर्ने,बन्दाबन्दिको समय अवधिभर घर बाहिर निस्कदा मास्क प्रयोग गर्ने,देश बिदेश बाट कुनैपनी ब्यक्ति वडामा प्रवेश गरेपछि सम्बन्धित वडा कार्यलय,स्वास्थ्य संस्थामा जानकारी दिने लगायतका जनचेतनामूलक संदेशहरु वडाबासिहरुलाइ जानकारी दिएको बताउनुभयो।

सरकारले जारी गरेको लकडाउनलाई पुर्ण रुपमा पालन गर्दै कोरोना भाईरस संम्बन्धित कुनैपनी लक्षण देखापरेमा नजिकै को वडा स्वास्थ्य चौकिमा गएर स्वास्थ्य परिक्षण गर्न जानकारी दिएको बताउनुभयो।यस महामारी भाईरसबाट बच्न उच्च मनोबल र सावधानी नै यसको प्रथम विकल्प रहेकाले हाम्रो शरिरको प्रतीरक्षात्मक प्रणालीलाई मजबुत बनाउन दैनिक गेडागुडीको झोल बनाएर खाने,पानी पिउदा उमालेर हल्का बेसार राखेर पिउने,दहि दुध सकभर बिहानको समयमा मात्रै खाने यदि राती खानुहुन्छ भने हल्का बेसार मिलाएर खाने, माछामासु राम्रोसँग पकाएर मात्रै खाने,अदुवा,कागती,लसुन सकभर भएसम्म दैनिक खाने जसले गर्दा हाम्रो शारिरमा प्रतिरक्षात्मक प्रणाली बजबुत हुन्छ र कुनैपनि जिवाणु भाईरसहरुले आक्रमण गर्न सक्दैनन्,यदि आक्रमण गरेपनि हाम्रो शरीरले त्यस्ता जीवाणु भाईरससंग सजिलैसँग लड्न सक्छ भन्ने बारेमा वडाबासिहरुलाई जनचेतना फैलाएको बताउनुभयो।

सम्पुर्ण २ न.वडा बासिहरुलाई प्रत्येक घर तथा सामाजिक संघसंस्थामा गरि (७२० थान) हातधुने साबुन बितरण,व्यापारी कर्मचारी स्वास्थ्यकर्मी र सामाजिक अभियानताहरुलाई (३०० थान) माक्स बितरण गरेको जिल्ला कमिटी सदस्य राम बहादुर खड्काले जानकारी दिनुभयो । एकघर एक साबुन वितरण कार्यक्रममा २ नम्बर वडा कमिटी अध्यक्ष मान बहादुर खत्री,सचीव तिल बहादुर राना,नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन जिल्ला कमिटी सदस्य कर्ण बहादुर थापा, लगायत गाउँ वडा टोल कमिटी सदस्य सहितको उपस्थितमा उक्त समान वितरण गरिएको सदस्य खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्