रोटरी क्लब अफ पशुपति काठमाडौंद्वारा विपन्न परिवारलाई राहत वितरण



०२ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ महामारीका कारण आम जनता नेपाल सरकारको निर्देशित लकडाउनको पालना गरिरहेका छन् । सोही अवस्थालाई मध्यनजर गर्दै रोटरी क्लब अफ पशुपति र आर्ट अफ लिभिङ काठमाडौं नेपालले २२ विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

लकडाउनका कारण घरमै बस्न बाध्य भई बिहान बेलुकाको छाक टार्न समस्यामा परेका विपन्न वर्गलाई राहत वितरण गरेको क्लबका अध्यक्ष हर्क साउदले परिवर्तन खबरलाई बताए । अध्यक्ष साउदका अनुसार क्लबले केही दिन अगाडी मातृ नेपाल बालगृह जीतपुर काठमाडौ, बालाजु ऊन कारखानामा कार्यरत अपाङ्ग महिला कामदाहरु लगायतलाई समेत राहत सहयोग गर्दै आएको रोटरी क्लब अफ पशुपतिले आगामी दिनमा समेत यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने छ ।

आर्ट अफ लिभिङका राहत व्यवस्थापनमा सहयोग पुर्याईरहेका दिपेन्द्र चौलागाँई र रोटरीयन ध्रुवप्रसाद घिमिरेले समेत राहत वितरणमा सहयोग पुर्याएका थिए । दैनिक ज्याला मजदुरी गरि जीवन विर्वाह गर्ने, ज्यालादारी काम गर्दै भाडामा बस्दै आएका, घर फर्कन समस्यामा परेका, अपाङ्ग, विभिन्न महिला लगायतलाई राहत वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्