बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ मा एकैदिन ८ सय ५८ परिवारलाई राहत वितरण



०२ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण आम जनता नेपाल सरकारको निर्देशित लकडाउनको पालना गरिरहेका छन् । सोही अवस्थालाई मध्यनजर गर्दै बूढानीलण्ठ नगरपालिका वडा नं १३ मा एकैदिन ८ सय ५८ घर परिवारलाई राहत वितरण गरिएको छ ।

लकडाउनका कारण घरमै बस्न बाध्य भई बिहान बेलुकाको छाक टार्न समस्याहुने वडावासीलाई राहत वितरण गरेको प्रदेशसभा सदस्य न्हुच्छे नारायण श्रेष्ठले परिवर्तन खबरलाई बताए । बूढानीलण्ठ नगरपालिका वडा नं १३ संयुक्त बसपार्क ४२५, टुसाल वडा कार्यालय अगाडी २०० र गाम्चा बृद्धभेला केन्द्रमा २०० जम्मागरी ८ सय ५८ घर परिवारलाई राहत वितरण गरीएको बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले जनाएका छन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ भित्र बसोवास गर्दै आएका विपन्न तथा दैनिक ज्याला मजदुरी गरि जीवन विर्वाह गर्ने, असक्त, अपाङ्ग, भाडामा बस्दै आएका घर फर्कन नसक्ने, अध्ययनरत विद्यार्थीहरु लगायत नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका परिवारलाई राहत वितरण गरिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्