थुलुङ दुधकोशी गाउँपालिकाले बाँड्यो, ५७८ दीर्घरोगीलाई निःशुल्क औषधि



०२ बैशाख २०७७, काठमाडौं

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले ५ सय ७८ जना दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गरेको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस)को जोखिम उच्च हुँदै जाँदा दीर्घरोगीहरुलाई गाउँपालिकाले यस्तो सेवा उपलब्ध गराएको हो ।

दम, थाइराइड, प्रेसर, सुगर, यूरिक एसिड, ग्यास्ट्राइटिक, मुटुसम्बन्धी रोग, कलेजो र मृगौला रोगीलगायतलाई एक महिनाको निःशुल्क औषधि वितरण गरिएको गाउँपालिका अध्यक्ष असिम थुलुङ राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्