रुओन नेपाल र परिवर्तन खबरद्वारा संयुक्त रुपमा राहत वितरण



०२ बैशाख २०७७, काठमाडौं

महिला तथा बालिकाको क्षेत्रमा विगत ११ बर्षदेखि कार्य गर्दै आईरहेको सामाजिक संस्था रुओन नेपाल र परिवर्तन खबरले संयुक्त रुपमा बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मा निःशुल्क राहत वितरण गरेको छ ।

बूढानीलकण्ठ नगरपालिकाको वडा नं. १० र ११ मा बस्ने ३० जना विद्यार्थीहरुलाई राहत वितरण गरेको हो ।

विगत ३ महिनादेखि रुओन नेपाल र परिवर्तन खबरले संयुक्त रुपमा संचालित गरिरहेको निःशुल्क कम्प्युटर तालिम कार्यक्रमका सहभागीहरुलाई बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईको उपस्थितिमा राहत वितरण गरिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीको समयमा महिला तथा बालिकाहरुलाई अत्यावश्यक पर्ने स्यानिटरी प्याड, वातावरणमैत्री साबुन, पानी तताउने इलेक्ट्रिक जग, दुई जार पिउने पानी र प्रत्येक विद्यार्थीलाई रु.२०० का दरले रिचार्ज कार्ड समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्