भारतमा २१ वैशाखसम्म ‘लकडाउन्’



०२ बैशाख २०७७, काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै ‘लकडाउन्’को अवधि ३ मेसम्म पुर्‍याएको घोषणा गरेका छन् ।

भारतमा कोभिड १९ (कोरोना भाइरस)को संक्रमण बढ्दै गएकाले नियन्त्रण र रोकथामका लागि ‘लकडाउन्’ बढाउनु परेको बताएका छन् ।

उनले अहिलेसम्म जनताको साथ र सहयोगले नियन्त्रण गर्न सफल भएको भन्दै अझै केही समय सबैले साथ दिनुपर्ने बताए ।

उनले भारतका सबै राज्य र जनताले पनि ‘लकडाउन्’ बढाउन माग गरेका कारणले पनि बढाइएको बताएका छन् ।

|तस्वीरमा भारतीय प्रधानमन्त्री। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्