आइएमएफले नेपालसहित २५ देशका लागि ५० करोड डलर दिने



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले २५ मुलुकका लागि आपत्कालीन सहयोगको घोषणा गरेको छ ।

कोरोना भाइरसको महामारीबाट प्रभावित नेपालसहित विपन्न मुलुकका लागि प्याकेज ल्याइएको आइएमफकी प्रबन्ध निर्देशक क्रस्टालिना जर्जिएभले बताएकी छन् ।

उनकाअनुसार आइएमएफ कार्यकारी समितिले आफ्ना २५ सदस्य राष्ट्रको पुनरोत्थानका लागि महामारी रोकथाम तथा रहात कोष स्वीकृत गरेको छ ।

आइएमएफको दायित्वअन्तर्गत नै गरिब र जोखिमपूर्ण अवस्थामा रहेका मुलुकहरुका लागि यो सहायता उपलब्ध गराइने उनले बताएकी छन्  । यो कोषअन्तर्गत ५० करोड अमेरिकी डलर उपलब्ध हुनेछ ।

यसमा केही समयअघी बेलायतले घोषणा गरेको १८ करोड ५० लाख डलर र जापानले घोषणा गरेको १० करोड डलर समावेश हुनेछ ।

आइएमएफका अनुसार नेपालसहित अफ्गानिस्तान, बेनिन, बुर्किनाफासो, मध्य अफ्रिकी गणतन्त्र, चाड, कोमोरोस, कंगोलगायतका मुलुकले यो कोषबाट आपत्कालीन सहयोग पाउनेछन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्