बालुवा चोर्न जाँदा युवकको मृत्यु



०२ बैशाख २०७७, काठमाडौं

पूर्वी नवलपरासीको विनयी त्रिवेणीमा रहेको विनयी खोलामा गएराति बालुवा चोर्न गएका एक युवकको ट्र्याक्टरबाट मृत्यु भएको छ ।

गएराति १ बजेको समयमा विनयी खोलाबाट बालुवा चोर्न जाने क्रममा विनयी त्रिवेणी वडा नं ३ बस्ने बर्ष २६ का प्रविन चौधरी ट्र्याक्टरबाट खसेर घाइते भएका थिए ।

घाइते भएका चौधरीको राति नै भरतपुर अस्पतालमा उपचारका लागि लगिएको थियो । चौधरीको उपचारको क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

चौधरी राती लु ३ त ९१८३ नम्बरको ट्र्याक्टरमा विनयी खोलाको बालुवा लोड गर्न गएका थिए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्