०१ बैशाख २०७७, काठमाडौं
गुल्मीमा एक वृद्ध दम्पती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
जिल्लाको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङका अन्दाजी ७० वर्षीय ओमबहादुर सार्की र उनकी ६९ वर्षीया पत्नी खिमकलाले खनियाको रुखमा गलबन्दीले पासो लगाई आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
|तस्वीरमा मृत दम्पती। श्रोतः|





