‘घर मै बसौं, स्वस्थ रहे फेरी घुमौंला’ (तस्वीरमा हेर्नुहोस्)



०१ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड(१९) महामारीका कारण आम जनता नेपाल सरकारद्वारा निर्देशित लकडाउनको पालना गरेको अवस्थामा विगत १९ दिनदेखि बन्दाबन्दीको अवस्थामा छन् ।

कोभिड १९ को संक्रमण थप फैलन नदिन र सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले लगाएको बन्दाबन्दीलाई आम जनताहरुले पालना गरी अत्यावश्यक काममा बाहेक सवारी र मानिसहरु बाहिर निस्केका छैनन् ।

यसर्थः अहिले राजधानी काठमाडौंका फराकिला सडकहरु पनि खाली अवस्थामा देखिन्छन् । यद्यपि पनि सडकबीच उभिएका सुरक्षाकर्मीहरुले बन्दाबन्दीलाई अझ पालना गर्न आम सर्वसाधारणलाई प्रेरित गरिरहेका छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) नयाँ वर्षको शुभकामना सन्देश दिँदै देशवासीलाई स्वास्थ्यकर्मीको सुझाव र सरकारको निर्देशनलाई पालना गर्न समेत आह्वान गरेका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट १३ जना संक्रमित बनेका छन् । जसमध्ये कएजनाले पूर्ण रुपमा स्वास्थ्य लाभ लिएर सामान्य दिनचर्यामा फर्किसकेका छन् । विगतका वर्षहरुमा नेपाली हरुले निकै हर्षोउल्लासका साथ मनाउने गरेको नयाँ वर्ष यो साल भने कोरोनाका कारण काठमाडौं लगायत देशभरीनै सुनशान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्