‘अनिकालमा घरभित्रका भाँडा बज्छन्’ भन्ने प्रधानमन्त्रीको उक्तिको कंपित कता…?



०१ बैशाख २०७७, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) बिहान नयाँ वर्ष २०७७ सालको शुभकामना सन्देश दिए ।

सन्देश दिने क्रममा उनले भने, ‘भनिन्छ, अनिकालमा घरभित्रका भाँडाहरु बज्न थाल्छन् । तर त्यसलाई रडाको मच्चिएको ठान्नु भूल हुन्छ । मन आत्तिएको बेला गर्नेले गरेन कि भन्ने आशंका मनमा पैदा हुन सक्छ । गरेको पुगेन की भन्ने लाग्न सक्छ । अझ छिटो अझ राम्रो र तत्काल परिणाम आउने गरी काम गरिदए हुन्थ्यो भन्ने लाग्न सक्छ ।’

त्यसो त प्रधानमन्त्रीको उक्त उक्तिसँग सत्तारुढ नेकपाभित्र अहिले चलेको आन्तरिक विवादसँग पनि मिल्छ । प्रधानमन्त्रीले यसो भनिरहँदा अधिकांशले प्रधानमन्त्रीले नेकपाभित्रको विवादलाई कंपित गरेका हुन् भनेर बुझेका छन् ।

प्रधानमन्त्रीले मन आत्तिएको भनेर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भनेका हुन् भनेर कतिपयले टिप्पणीसमेत गर्न भ्याएका छन् । त्यसो त पछिल्लो सयम नेकपा अध्यक्षद्वयबीचको सम्बन्धको दूरी बढेको छ भनेर समाचारहरु प्रशस्ति मात्रामा आएका छन् ।

केही दिन अगाडि अध्यक्ष प्रचण्डले कोभिड १९ (कोरोना भाइरस)विरुद्ध लड्न सबै दलको सहभागितासँगको छुट्टै संयन्त्र आवश्यक रहेको बताएका थिए । तर, प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीले भने सरकारभन्दा अर्को संयन्त्र आवश्यक नरहेको बताएका थिए ।

पछिल्लो समय डीआइजी बढुवा, गभर्नर नियुक्तलगायतका विषयका कारण उनीहरुको सम्बन्धमा चिसोपन आएको बताइन्छ ।

यद्यपि पनि प्रधानमन्त्रीले शुभकामना सन्देशबाट घुमाउरो पारामा नेकपाभित्रको विवादलाई प्रकाश पार्नलाई विशेष रुपमा लिइएको छ ।

|तस्वीरमा प्रधानमन्त्री ओली। श्रोतः|

प्रतिक्रिया दिनुहोस्