‘भएका राम्रा काम संयोगले मात्रै भएका हुन् भनेर नसोचौं’



०१ बैशाख २०७७, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले गरिएका कामलाई गरिएकै हो भनेर भन्न सबै देशवासीलाई आग्रह गरेका छन् ।

सोमबार (आज) नयाँ वर्ष विसं २०७७ को शुभकामना सन्देश व्यक्त गर्ने क्रममा भएका कामहरुलाई आफ्सेआफ् र संयोगले मात्रै भएका हुन् भनेर नसोच्न आग्रह गर्दै गरिएका कामलाई गरिएकै हो भनेर सिक्न सबैलाई भनेका हुन् ।

“यत्तिसम्म पनि नसोचौं कि, सबै काम आफ्सेआफ् र संयोगले मात्रै भएका छन् ।” प्रधानमन्त्री ओलीले सन्देश व्यक्त गर्दै भने, ‘हामी यत्ति त संवेदनशील बनौं, हाल भएका कामहरु सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको मेहनतको परिणाम हो ।’
⇒प्रधानमन्त्रीको शुभकामना सन्देश : ‘स्वास्थ्यकर्मीको सुझाव र सरकारको निर्देशनको पूर्ण पालना गरौं’
यस्तै उनले कोरोना भाइरसबारेको ज्ञान सबैमा भएको बताउँदै सरकारको कामप्रति अधिकांश नागरिकहरु सन्तुष्ट रहेको पनि बताए ।

|तस्वीरमा सन्देश दिँदै प्रधानमन्त्री। सौजन्यः नेपाल टेलिभिजन|

प्रतिक्रिया दिनुहोस्