प्रधानमन्त्रीको शुभकामना सन्देश : ‘स्वास्थ्यकर्मीको सुझाव र सरकारको निर्देशनको पूर्ण पालना गरौं’



०१ बैशाख २०७७, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीहरुले दिएका सुझाव र सरकारले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न सबै देशवासीलाई आग्रह गरेका छन् ।

सोमबार (आज) नयाँ वर्ष विसं २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोभिड १९ (कोरोना भाइरस)बाट हायल-कायल भएको यो अवस्थामा स्वास्थ्यकर्मीहरुको सुझाव र सरकारद्वारा जारी निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेका हुन् ।

“स्वास्थ्यकर्मीहरुले दिएका सुझाव र सरकारले जारी गरेको निर्देशनको पालना गर्दै स्वअनुशासनमा रहने र कोरोना भाइरसको चक्र समाप्त हुने समयसम्म धैर्यता अपनाउन अपरिहार्य छ ।” प्रधानमन्मत्री ओलीले सन्देश दिँदै भने, ‘हरेक अप्ठ्यारामा मानिसलाई असहज महसुस हुन्छ । तर, यस्तो समयमा मनलाई नियन्त्रणमा राखौं ।’

यस्तै उनले सबै देश तथा विदेशमा रहेका समस्त नेपालीहरुलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै सचेत तथा सजग रहन पनि भनेका छन् ।

|तस्वीरमा सन्देश दिँदै प्रधानमन्त्री। सौजन्यः नेपाल टेलिभिजन|

प्रतिक्रिया दिनुहोस्