एनओसीद्वारा खेलाडीहरुलाई “Winning mindset” Psychology well-being program संचालन



३० चैत २०७६, काठमाडौं

नेपाल ओलम्पिक कमिटीले हाल विश्वव्यापि कोभिड १९ महामारीको कारण खेलाडीहरुको प्रशिक्षण बन्द भएको अवस्था र रोगको समाचारहरुले मानसिक असर समेत परिरहेको परिस्थितिलाई मध्यनजर गर्दै आइतबार (आज) बाट “Winning mindset” Psychology well-being program दिउँसो ४ः००-५ः०० बजे सम्म सञ्चालन गरिएको छ ।

कार्यक्रम सञ्चालन नेपाल ओलम्पिक कमिटी को Sports Psychology Commission का Chairperson ईन्द्र गुरुङ्गले गरेका छन् ।

कार्यक्रममा Tokyo Olympic को लागि तयारीमा रहेका ओलम्पिक कमिटीबाट छात्रवृत्ति प्राप्त खेलाडीहरु, वाईल्ड कार्डका उम्मेदवार खेलाडी र प्रशिक्षकले सहभागिता जनाएका छन् । कार्यक्रम एक साता सञ्चालन हुनेछ ।

यस कार्यक्रमका साथै खेलाडीहरुले COVID-19 रोगको संक्रमणको सम्भावनाबाट बचेर यसका नियमहरुलाई पूर्ण रुपमा पालन गर्दै घरमै बसेर प्रशिक्षकको निगरानीमा खेलाडीहरुले आफ्नो स्वास्थ्यलाई fit राख्ने कार्यलाई पनि निरन्तरता दिने योजना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्