बूढानीलकण्ठ १० द्वारा एकै दिन १९ सय २७ विपन्न परिवारलाई राहत वितरण



३० चैत २०७६, काठमाडौं

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण आम जनता नेपाल सरकारद्वारा निर्देशित लकडाउनको पालना गरिरहेको अवस्थामा बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मा विपन्न तथा दैनिक ज्याला मजदुरी गरि जीवन विर्वाह गर्ने, मजदुरी गरि भाडामा बस्ने, असक्त, अपाङ्ग, सुकुम्वासी परिवारलाई राहत वितरण शुरु गरिएको हो ।

लकडाउनका कारण घरमै बस्न बाध्य भई बिहान बेलुकाको छाक टार्न समस्याहुने वडावासीलाई राहत वितरण गरेको बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईले परिवर्तन खबरलाई बताए ।

धेरै दिनदेखि लकडाउनका कारण घरमा खानेकुरा सकिएको बेला वडा मार्फत राहत प्राप्त गर्दा सेवाग्राही खुशि देखिन्थे । फर्म भर्दा छुटेकाको समस्या एकै हो तर आईतबार नै फर्म भरेर सोही दिन राहत नपाउदा भने कोही आक्रोस समेत व्यक्त गर्दै थिए । साततले नजिक बस्ने एक सुकुम्वासी भन्छन्, बिहान बेलुका छाक टार्ने समस्या भएको बेलामा राहतदिने वडाध्यक्ष भगवान हुन्, वडा कार्यालय हाम्रो मन्दिर हो । आक्रोस भएकालाई वडाध्यक्ष भट्टराईले घरको समस्या अनुसार समाधान गर्ने प्रतिवद्धता जनाउँदै छिट्टै राहत दिलाउन सक्दो प्रयास गरेको बताउछन् ।

बूढानीलण्ठ नगरपालिका वडा नं १० भित्रका साततलेको काष्ठमाण्डप स्कूल, रुद्रमति चोक, बालुवाखानी चोक, पञ्चकुमारी मन्दिर लगायतका विभिन्न क्षेत्रमा गरी १९ सय २७ घरपरिवारलाई वितरण गरिएको जानकारी वडाध्यक्ष नवराज भट्टराईले दिए ।

प्रतिक्रिया दिनुहोस्