
३० चैत २०७६, काठमाडौं
प्रख्यात कुरियर कम्पनी एपेक्स वर्ल्ड वाईड एक्सप्रेस र एपेक्स ग्लोबल लजेष्टिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आयात निर्यातमा सामानहरुको व्यवस्थापन गर्ने करिब एक सय दैनिक ज्यालादारी मजदुरलाई करिब एक महिना पुग्ने राहत वितरण गरेको छ ।

आइतबार (आज) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख बिष्णुराज ढकाल र एपेक्सका प्रबन्ध निर्देशक दुर्गा प्रसाद सुवेदीले प्रत्येक मजदुरलाई एक बोरा चामल सहित अन्य उपभोग्य सामाग्री वितरण गरेका थिए ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल विगत तीन हप्तादेखि बन्द रहँदा त्यहाँ कार्यरत दैनिक ज्यालादारी मजदुरहरुलाई जिविकोपार्जन गर्न अप्ठ्यारो भएको बुझेपछि आफ्नो कम्पनीले राहत वितरण गरेको कम्पनीका प्रवन्ध निर्देशक सुवेदीले परिवर्तन खबरलाई बताए ।





