प्रकृति मोह : विदेशी पर्यटकलाई ‘सोलुखुम्बु’ छोड्नै मुस्किल



३० चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई मध्यनजर गर्दै पर्यटकहरुलाई उद्धार गरी स्वदेश फर्काउने क्रम चल्दा केही पर्यटकहरु भने फर्किन मानेका छैनन् ।

पर्यटकीय नगरी सोलुखुम्बु पुगेका १५ जना विदेशी पर्यकटहरुलाई उद्धार गरी स्वदेश फर्काउन खोज्दा उनीहरु स्वइच्छाले सोलुखुम्बुमै बसेका जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

उनीहरुलाई स्थानीय प्रशासनले प्रत्यक्ष निगरानीमा राखेको बताइएको छ । त्यसरी सोलुखुम्बुमै बस्न चाहने पर्यटकहरु जापान, फ्रान्स, क्यानडालगायतका देशका नागरिक रहेको पनि प्रशासन कार्यायलले जनाएको छ ।

जसमध्ये ३ जना सदरमुकाममा सल्लेरी, ९ जना लुक्लामा तथा अन्य ३ जना नाम्चेमा बसिरहेका छन् । उनीहरुको भिषा अवधि बाँकी रहेको तथा स्वास्थ्य स्थिति पनि सामान्य रहेकाले जिल्लामा बस्न अनुमति दिइएको प्रशासन कार्यालयले जनाएको छ ।

यसअघि पनि सोलुखुम्बुका विभिन्न ठाउँबाट विभिन्न देशहरुका पर्यटकहरुको उद्धार गरी काठमाडौं पठाइएको थियो ।

|तस्वीरमा सगरमाथा वेस क्याम्प। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्