
२९ चैत २०७६, काठमाडौं
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ महामारीका कारण आम जनता नेपाल सरकारको निर्देशित लकडाउनको पालना गरिरहेको अवस्थामा बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ र १२ ले विपन्न तथा दैनिक ज्याला मजदुरी गरि जीवन विर्वाह गर्ने परिवारलाई राहत वितरण शुरु गरेको छ ।

दैनिक ज्याला मजदुरी गरि जीवन विर्वाह गर्ने, असङ्गठित मजदुरी गरि भाडामा बस्ने, असक्त, अपाङ्ग र आम्दानीको श्रोत नभएका परिवारलाई राहत वितरण गरिएको हो ।

लकडाउनका कारण घरमै बस्न बाध्य भई विहान बेलुकाको छाक टार्न समस्याहुने, असङ्गठित मजदुरी गरि भाडामा बस्ने, असक्त, अपाङ्ग वडावासीलाई राहत वितरण गरेको ११ का वडाध्यक्ष राजु अधिकारीले परिवर्तन खबरलाई जानकारी दिए । त्यसैगरी १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईका अनुसार पैसा नभएका कारण खान नपाउने खालका समूदाय तथा आम्दानीको श्रोत नभएका परिवारलाई वडा तथा नगरले राहत वितरण गर्दै आईरहेको छ ।

बूढानीलण्ठ नगरपालिका वडा नं ११ भित्रका विन्दावासीनि मन्दिर, आगमन टोल, अधिकारी मोड, कपन हाईट, कपनटार, एकताबस्ति, गैरीगाउँ, शान्तिटोल, पैयुुटार, पैयुुटार आकासदेवी मन्दिर, बङ्गलामूखि मन्दिर लगायतका विभिन्न क्षेत्रमा गरी करिव ६ सय भन्दा वढि घरपरिवारलाई वितरण गरिएको छ । बूनपा १२ स्थित तेन्जिङ चोक, फैका, खरीबोट, घटराज शालिक लगातका विभिन्न स्थानमा गरी करीव ४०० घरपरिवारलाई राहत वितरण गरिएको छ ।






