थाइल्यान्ड बहिरा तेक्वान्दो संघको सल्लाहकारमा अशोक खड्का चयन



२९ चैत  २०७६, काठमाडौं

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का थाइल्यान्ड तेक्वान्दो संघअन्तर्गत थाइल्यान्ड बहिरा तेक्वान्दो संघको सल्लाहकारमा चयन भएका छन् ।

सल्लाहकारमा चयन भएसंगै खड्काले संघले सञ्चालन गर्ने विभिन्न गतिविधिमा आफ्नो राय, सुझाव दिन पाउनेछन् । खड्का ग्योरोगी, पुम्से र पाराका अन्तर्राष्ट्रिय निर्णायक हुन् । खड्काले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा धन्यवाद दिदै आफ्नो क्षमता प्रमाणित गर्ने अवसरका रुपमा लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्