मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले गरे भिडिओ कन्फेरेन्स्



२९ चैत्र २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडिओ कन्फेरेन्स् गरेका छन् ।

सिंहदरबारस्थित एक्सन रुमबाट प्रधानमन्त्री ओलीले शनिबार (आज) मुख्यमन्त्रीहरुसँग कोभिड १९ (कोरोना भाइरस)सँग लड्न प्रदेश र स्थानीय सरकारले गरेका कामको बारेमा छलफल गरेका हुन् ।

छलफलमा सबै मुख्यमन्त्रीहरुले आ–आफ्नो प्रदेशमा भइरहेको कामको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

|तस्वीरमा प्रधानमन्त्रीसहित मुख्यमन्त्रीहरुको भिडिओ कन्फेरेन्स्। सौजन्यः प्रेस एड्भाइजर|

प्रतिक्रिया दिनुहोस्