चट्याङ तथा हुरीबाट सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह



२९ चैत्र २०७६, काठमाडौं

कोभिड–१९ (कोरोना भाइरस)बाट जोगिन ‘लकडाउन्’ बसिरहेको बेला जल तथा मौसम पूर्वानुमान महाशाखाले चट्याङ र हुरी बतासबाट जोगिन आग्रह गरेको छ ।

महाशाखाले प्रदेश नं. १, बागमती, गण्डकी र प्रदेश ५ विशेष सर्तक रहन आग्रह गरेको हो । मौसमविद् राजु प्रधानाङ्गले मेघ गर्जन, चट्याङ र हुरी बतास सहित वर्षा गराउने बादल विकसित भइरहेको बताए ।

उनका अनुसार स्थानीय वायुको प्रभावका कारण हुने यो वर्षा लामो भने हुँदैन । हाल प्रदेश नं. ५, गण्डकी प्रदेशलगायत बागमती प्रदेश तथा प्रदेश नं. १ को पहाडी भूभागमा मेघ गर्जन तथा हुरी बताससहित वर्षा गराउने बादल विकसित भइरहेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्