डा. भट्टराई गंगालाल भर्ना : स्वास्थ्य अवस्था सामान्य बन्दै



२९ चैत २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई शहीद गंगालाल हृदयरोग केन्द्र भर्ना भएका छन् ।

आज बिहान करिव ७.३० बजे मुटुमा असजिलो भई सामान्य समस्या भए पछी डा .भट्टराईलाई हृदयरोग केन्द्र, बाँसबारीमा भर्ना गरिएको जानकारी उनका स्वकीय सचिव पुष्प भट्टराईले गराएका छन् ।

डा. भट्टराईको मुटुमा रहेका दुइ वटा भल्भमा ब्लकेज Acute Inferior wall MI भएकोमा Right coronary artery को Primary angioplasty गरिएको छ ।  उपचारपछि अवस्था सामान्य भई डा. भट्टराईले चिया र झोलिलो खानेकुरा खाएको समेत सचिव पुष्प भट्टराईले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्