फुटबल खेलाउन हतार नगर्न सदस्य राष्ट्रहरुलाई फिफाको सुझाव



२९ चैत्र २०७६, काठमाडौं

विश्व फुटबल महासंघ (फिफा)ले कोरोनाको महामारीबीच फुटबल खेल सञ्चालन गर्न हतार नगर्न सदस्य राष्ट्रहरुलाई आग्रह गरेको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रोकिएका सबैखाले फुटबल खेलहरु चाँडै सुरु गरिनु गैरजिम्मेवार काम हुने बताएका छन् ।

इन्फाटिन्होले फिफामा आवद्ध देशहरुलाई कोरोनाको संक्रमण अन्त्य नभएसम्म फुटबल नहुने पनि स्पस्ट पारेका छन् । ‘कुनै पनि खेलभन्दा व्यक्तिको जीवन ठूलो कुरा हो । जीवन जोखिममा पार्नु भन्दा केही समय पर्खनु उचित हुन्छ,’ इन्फाटिन्होले भनेका छन् ।

फिफामा अहिले विश्वका दुई सय ११ देश आवद्ध छन् । कोरोनाका कारण विश्वभर फुटबल गतिविधि स्थगित भएको छ । युरोकप, महिला युरोपक, कोपा अमेरिका कप जस्ता ठूला प्रतियोगिता एकबर्ष पछि सारिएको छ ।

युरोपका केही लिग सञ्चालन गर्न हतार गरिएकोले पनि फिफाले सदस्य देशहरुलाई यस्तो आग्रह गरेको हो । –एजेन्सी

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्