प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद



२८ चैत्र २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार (आज) भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेको र कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा छलफल भएको ट्वीमटरमार्फत् जानकारी दिएका छन् ।

त्यस्तै ‘लकडाउन्’का कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा पनि आफूहरुबीच सहमति भएको उनले उल्लेख गरेका छन् ।

यसैगरी कोरोना संक्रमणको त्रासका बीच पनि आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज बनाउने विषयमा पनि दुई प्रधानमन्त्रीबीच छलफल भएको ओलीले बताएका छन् ।

|तस्वीरमा प्रधानमन्त्रीद्वय ओली मोदी। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्