‘कोरोना रोकथामका लागि प्रतिपक्ष दलसहितको उच्चस्तरीय संयन्त्र आवश्यक’



२८ चैत्र २०७६, काठमाडौं

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड १९ (कोरोना भाइरस) रोकथामका लागि प्रतिपक्षी दलसहितको उच्चस्तरीय संयन्त्र आवश्यक रहेको बताएका छन् ।

शुक्रबार इमेज टेलिभिजनमा अन्तरवार्ताको क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने कुरा पार्टी सचिवालय बैठकमा समेत राखेको बताएका छन् ।

“मैले यो कुरा प्रधानमन्त्री र पार्टीको सचिवालय बैठकमा पनि राखेको छु ।” उनले भनेका छन्, ‘सत्तापक्ष, प्रतिपक्ष र महत्वपूर्ण व्यक्ति रहेको संरचना नै बनाएर यसको मुकाबिला गर्नेतर्फ जानुपर्छ ।’

यस्तै उनले त्यस खालको संरचनाले जनतामा पनि विश्वास पैदा हुने बताउँदै आफूले प्रधानमन्त्री र अन्य राजनीतिक दललाई त्यसतर्फ सोच्न पनि सुझाएको बताए ।

|तस्वीरमा नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्