प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा पर्याप्त स्वास्थ्य सामाग्री : संयोजक श्रीध्वज राई



२८ चैत्र २०७६, काठमाडौं

सोलुखुम्बुको सोताङ गाउँपालिकामा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पर्याप्त गुणस्तरीय स्वास्थ्य सामाग्री उपलब्ध रहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक श्रीध्वज राईले बताएका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा सतर्कताको लागि सोताङ गाउँपालिका र विभिन्न दातृ निकायबाट पर्याप्त मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध भएको संयोजक राईले बताए ।

गाउँपालिकाको सहकार्यमा जिल्ला जनस्वास्थ्य कार्यालय फाप्लुले ४ सेट पीपीई, मानवअधिकारवादी संस्थाले ७ सेट र जि फाउण्डेसनसहित विभिन्न दातृ निकायबाट पर्याप्त मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध भएको उनको भनाई छ ।

सहयोगी संस्थाहरुबाट प्राप्त भएको स्वास्थ्य सामाग्रीमा पुन: प्रयोग गर्न मिल्ने दुई दर्जन भन्दा बढी पीपीई, मास्क, सेनिटाईजर, हाते पञ्जालगायतको गुणस्तरीय स्वास्थ्य सामाग्रीहरु रहेको संयोजक राईले जानकारी दिए ।

यसअघि केन्द्र सरकारले उपलब्ध गराएको एक सेट डिस्पोजेवल पीपीई, मास्क लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो।

|तस्वीरमा प्राथमिक स्वास्थ्य केन्द्र सोताङ। सौजन्यः श्रीध्वज राई|

प्रतिक्रिया दिनुहोस्