अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पले दिइन् सबैलाई यस्तो सल्लाह



२८ चैत २०७६, काठमाडौं

अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पले सबैलाई मास्क लगाउन सल्लाह दिएकी छिन् ।

विश्वभर कोरोनाभाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै उनले यस्तो सल्लाह दिएकी हुन् ।
उनले सीडीएस लगातार कोरोनाभाइरसको बढ्दो संक्रमणमाथि अनुसन्धान गरिरहेको र उनीहरुले मानिसलाई कपडाको मास्क लगाउन सल्लाह दिएको बताएकी छिन् ।

सामाजिक दुरीको नियम पालना गर्न मुश्किल छ तर कुनै पनि हालतमा मास्क लगाउनु पर्ने उनले सल्लाह दिएकी छिन् । उनले भनेकी छिन् , ‘तर याद राख्नुहोस्, सामाजिक दुरीको जति महत्व छ, मास्कले कुनै पनि हालतमा त्यो स्थान ओगट्न सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्