चौतर्फी विरोधपछि भोलि र पर्सी उपत्यकाबाट बाहिर जान दिने निर्णयबाट पछि हट्यो सरकार



२७ चैत्र २०७६, काठमाडौं

भोलि र पर्सि काठमाडौं बाहिर जान चाहनेहरुलाई जान दिने विषयमा गरेको निर्णयबाट सरकार पछि हटेको छ ।

सरकारले लकडाउन जारी रहेकै बेला भोलि र पर्सी काठमाडौंबाट बाहिरिनेहरुका लागि जान दिने र काठमाडौं आउन भने नदिने निर्णय गरेको थियो ।

बिना तयारी सरकारले यस्तो निर्णय गरेको भन्दै चौतर्फी विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । उच्चस्तरी समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले यस विषयमा बैठकमा केही सदस्यहरुले कुरा उठेको भए पनि आधिकारिक निष्कर्षमा पुगेर निर्णय भइनसकेको बताए ।

|तस्वीरमा उच्चस्तरीय बैठक। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्